Nepal's First Video FM

तीज नजिकिदैं गर्दा बल्छी धुव्रेले ‘स्वास्नी पिडित संघ’ खोल्ने खुलाशा (हेर्नुस भिडियो)

1,155

भदौ ५, हास्य टेलिश्रृङखलामार्फत सर्वाधिक रुचाइएका कलाकार बल्छी धुव्रेले तिज नजिक आउँदै गर्दा आफु पत्नि पिडित भएको भन्दै खुलाशा गरेका छन । गायक रामजी खाँड र गायिका टिका पुनको आवाजमा रहेको गीत “स्वास्नी पिडित संघ” गीतमा स्वास्नी पिडित श्रीमानको भुमिकामा उनी आएका हुन ।

विभिन्न कारणबाट पिडित भएका श्रीमान श्रीमतिबाट पिडित भएका मानिसहरुको प्रतिनिधित्व गदै गीतमा सकारात्मक सन्देशको प्रवाह गर्नको लागी गीत निमार्ण गरेको गायिका टिका पुनले बताइन । शुभ श्री गौत्तमको शब्द सिर्जना तथा मौलिक लय सिर्जनमा रहेको गीतमा अहिले बजारमा आएको गीतको तुलनामा भिन्न रुपमा प्रस्तुत गरिएको उनले बताइन ।

सागर गौत्तमको छायाँकन, अविनास डिसीको सम्पादन, बविता श्रेष्ठको निर्देशनमा गीत रहेको छ । श्रीमान पिडित श्रीमतीको अभिनयमा आशा खड्का र श्रीमति पिडितको भुमिकामा बल्छी धुव्रे को अभिनय साथमा पल्पसा र ओम श्रेष्ठको अभिनय रहेको छ । हेर्नुहोस भिडियो;

You might also like

Comments are closed.