तीन जोडी स्टारर फिल्म ‘चंगा चेट’को गीत रिलिज गरिएको छ । ‘गोजीमा दाम छैन’ बोलको गीतमा चलचित्रका मुख्य कलाकारहरू प्रियंका कार्की, आयुष्मान देशराज, सन्दीप श्रेत्री, परमिता राणा, रविन्द्र झा र सुरक्षा पन्तको नृत्य रहेको छ ।
उक्त गीतमा राजनराज सिवाकोटीको संगीत तथा स्वर रहेको गीतमा हरिहर तिमल्सिनाले शब्द लेखेका छन् । स्वरमा राजनराज सँगै मेलिना राई र ग्रिष्मा सिवाकोटीले स्वर दिएकी छन् । गीतको शब्द हरिहर तिमल्सिना लेखेका हुन् भने भिडियोको कोरियोग्राफी प्रविन सिंहले गरेका हुन् ।
नवराज उप्रेतीको छायाँकन र दिर्घ खड्काको सम्पादन छ । दिपेन्द्र के खनाल निर्देशित फिल्म लाई माधव वाग्ले र सर्मिला पाण्डेले निर्माण गरेका हुन् ।
सोमबार राजधानीमा एक विशेष कार्यक्रम राख्दै चलचित्रको पहिलो गीत र चलचित्र प्रदर्शन मिति सार्वजनिक गरिएको थियो । यस अघि भदौ २२ गते प्रदर्शन हुने भएको चलचित्र अब कार्तिक १६ गतेबाट प्रदर्शनमा आउने भएको छ ।
उक्त गीतमा राजनराज सिवाकोटी, मेलिना राई र गृष्मा सिवाकोटीको स्वर रहेको छ भने गीतमा राजराज सिवाकोटीको सङ्गीत रहेको छ । हेर्नुस भिडियो;
Comments are closed.