तिलकोठी आएर अनावश्यक तनावमा वा कसरी हटाउने भन्ने सोच्दै हुनुहुन्छ ? यस्ता छन् घरेलु उपाय ! (भिडियोमासहित)
स्वास्थका हिसाबले शरीरमा उम्रिएको सबै कोठीहरु हानिकारक हुन्छ भन्ने होइन । तर पनि सबैलाई कोठी मन नपर्न सक्छ । हाम्रो शरीरमा मेलानिन भन्ने तत्व जम्मा भएपछि छालामा कालो, खैरो तथा छाला रंगको दाग तथा चिन्ह देखा पर्छ । जसलाई कोठीका रुपमा लिइन्छ ।
चिकित्सकीय भाषामा कोठीहरुलाई मेलानिनको तत्व मानिन्छ जसमा पिगमेंटको मात्रा थुप्रिएको हुन्छ र यसकै कारणले छालाको रंग कालो, खैरो हुन पुग्छ । स्वास्थ्यसम्बन्धी संदेश सामान्यतया रुपमा २० देखि ३० वर्षको उमेरसम्मका मानिसमा कोठी देखापर्ने गर्छ ।
यो विभिन्न आकारमा देखापर्न सक्छ जस्तै फ्यात्त परेको, डल्लो, गाँठो, असमान, स्थिरलगायत । अनि यिनीहरुमा रौं हुन पनि सक्छ र नहुन पनि । कोठीको मात्रा मानिसको वंशानुगत असर, हर्मोनमा आइरहने उतारचढाब तथा सूर्यको प्रकाशमा भर पर्छ ।
कतिपय कोठीहरु समय बित्दै जाँदा स्वतह हराएर जाने गर्छ भने कतिपय कोठीहरु सहजै जाँदैनन् । त्यसैले अस्पताल गएर कोठीको जाँच गराउन आवश्यक छ ।
यदि कोठीको रंग तथा आकारमा समय अनुसार परिवर्तन भइरहन्छ भने तुरुन्तै चिकित्सकसँग सम्पर्क गर्नुपर्छ किनकी यस्ता कोठी क्यान्सरको लक्षण पनि हुन सक्छ ।
तर अस्पताल गएर कोठीको जाँच गराउँदा सामान्य छ र त्यसले तपाँइलाई अनावश्यक तनाब दिएको छ वा त्यसलाई कसरी हटाउने भन्ने सोच्दै हुनुहुन्छ भने तलको उपचार विधि अपनाउन सक्नुहुन्छ । थप जानकारीको लागि भिडियो;
Comments are closed.