भदौ ६, पूर्व कुटनीतिज्ञ केशबराज झाको हत्या रहस्यमय बन्दै गएको प्रहरीले जनाएको छ । प्रहरीले उनको घरमा काम गर्ने तीन जनालाई पक्राउ गरेपनि केही तथ्य फेला पारेको छैन ।
बबरमहलस्थित आफ्नै घरको बेडमा चक्कुले टाउको तथा घाँटीमा हानेर उनको हत्या गरिएको थियो । सोमबार बिहान उनको शव भेटिएको थियो । तर, कसले किन हत्या गर्यो भन्ने संकेत समेत प्रहरीले पाउन सकेको छैन ।
बन्द घरभित्र कसरी पुगे हत्यारा ?
सबैभन्दा अचम्म बन्द घरभित्र हत्याराहरु कसरी पुगे भन्ने छ । घरका सबै ढोकाहरु बन्द थिए । झा घरको भुईतलाको कोठामा सुतेका थिए । पहिलो तल्लो तथा कौसीमा रहेको झ्यालको जाली काटिएको थियो ।
पहिलो तलाको झ्यालको जाली काटेर पनि प्रबेश गर्न पनि निकै कठिन देखिन्छ । अर्काेतर्फ त्यही कोठामा झाकी श्रीमती सुतेकाले त्यहाँबाटै प्रबेश गरे भन्न सक्ने अवस्था नरहेको प्रहरी अधिकारीहरु बताउँछन् ।
अदालतबाट म्याद थप पोलिग्राफको तयारी
प्रहरीले घरमा काम गर्ने कान्छाराम तामाङसहित तीन जनालाई पक्राउ गरेको छ । उनीहरुलाई थुनामा राख्न अदालतले जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद लिएको छ ।
घटनाको अनुसन्धान गरिरहेको अपराध महाशाखाले अभियुक्तहरुलाई पोलिग्राफ गराउने तयारी गरेको छ । झा हत्याको अनुसन्धान जारी रहेको महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले बताए ।
नेपाल लाइभबाट साभार
Comments are closed.