भदौ ६, इद मनाउने क्रममा महोत्तरीको लोहारपट्टिमा झडप भएको छ । झडपमा १० जना घाइते भएका छन् ।
बुधबार बिहान लोहारपट्टि नगरपालिका वडा नम्बर ३ मा पर्ने मदरसामा नवाज पढ्नको लागि जम्मा भएको समयमा झडप भएको हो । झपडमा नवाज पढन गएका ४ महिला, ५ पुरुष र १ जना वालिका गम्भीर घाइते भएका छन ।
घाइतेहरुको स्थानीयस्तरमा उपचार सम्भव नभएपछि जनकपुर अञ्चल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
स्थानिय राजपा र नेपाली कांग्रेसका पक्षधरले आ–आफना तर्फबाट त्यो मदरसामा मौलवी राख्ने विषयमा लामो समयदेखि विवाद कायम रहेको थियो । घाइतेहरुको स्थानीय स्तरमा उपचार सम्भव नभएपछि जनकपुर अञ्चल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
यता घटनास्थलमा जिल्ला प्रहरी कार्यालय महोत्तरीको टोली पुगेर घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खडकाले जानकारी दिए ।
अवस्था तनावग्रस्त भएपछि प्रहरीले दुई राउण्ड अश्रु ग्यास प्रहार गरेको छ । प्रहरीले विवाद मिलाउने प्रयास गर्दा पनि नभएपछि दुई राउण्ड अश्रु ग्यास प्रहार गर्नु परेको प्रहरीले बताएको छ ।
Comments are closed.