Nepal's First Video FM

सन्नी लियोनीले खेल्ने नेपाली फिल्म ‘पासवर्ड’मा अनुप बिक्रमदेखि रविन्द्रसम्म

605

बलिउड नायिका सन्नी लिओनी नेपाली चलचित्रमा अनुबन्धीत भएकी छन् । उनि सँग नायक अनुप बिक्रम शाहिले स्कृन सेयर गर्ने भएका छन् ।

करोड बढि भारतिय रुपियाँ लिएर सन्निले नेपाली फिल्म ‘पासवर्ड’मा काम गर्ने भएकी हुन् यो समाचारको विषयमा नायक अनुप बिक्रमलाई सोध्धा यो समाचार साचो रहेको उनी बताउछन् ।

उनि भन्छन् सानो प्रयास गरेका छौ मेहनत धेरै गर्न बाकि छ । यसको मतलब अब अनुप र सन्नीको जोडि नेपाली दर्शमाझ आउने पक्का भएको छ । यहि अगस्ट २६ बाट फ्लोरमा जाने फिल्मको लागी सन्नि लण्डन आउँदैछिन् भने शुक्रबार मात्रै अनुप प्रस्थान गर्नेछन् ।

छायाँकार तथा प्राविधिक सहितको टोली यसअघि नै नेपालबाट बेलायत पुगिसकेको छ । फिल्मलाई बिक्रम जोशीले निर्माण गर्न लागेका हुन् । फिल्ममा अनुप र सन्निसँगै बिक्रम जोसीको पनि अभिनयमा रहनेछन् ।

सन्निको नेपाली फिल्ममा अनुबन्धलाइ प्रष्ट्याउँदै बिक्रमले भने, ‘नेपाली फिल्मलाई नयाँ उचाइ दिन नेपाली र बलिउड कलाकारको फ्यूजन जोड्नको लागी नै सन्निलाई लिएका हौँ, गुणस्तरिय फिल्म निर्माणमा चुनौती पनि छ तर त्यसलाई मैले अबसरको रुपमा लिएको छु ।’

यसअघि बेलायतमै सम्पुर्ण छायाँकन गरिएको एक नेपाली फिल्मको निर्माण तथा अभिनयमा समेत देखिएका बिक्रमले भोलीको दिनमा आफु नियमित रुपमा फिल्म मेकिङमा लाग्ने भन्दै नेपाली फिल्म स्तरियता र आधुनिकतामा फड्को मार्ने अवस्थामा रहेको हुँदा विदेश बस्ने नेपालीहरुको साथ पनि निरन्तर रहनुपर्ने बताए ।

अमित बस्नेत र हिरल जोशीको समेत लगानी रहने फिल्ममा छुल्ठिम गुरुङ, बुद्धि तामाङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार, परि राना लगायत लिड अभिनयमा हुनेछन् ।

लण्डनसँगै बर्नमाउथ र ससेक्स लगायतका ठाउँमा फिल्म खिचिने बताइएको छ । २०१९ को सुरुवातीमा रिलिज तार्गेट गरिएको फिल्ममा सन्निले एक आइटम दृश्य दिनेछिन् भने केहि भाग अभिनयमा पनि हुनेछिन् ।

एबि इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने फिल्मलााई सौरभ लामाले खिच्नेछन् । कोरियोग्राफी रामजी लामिछानेको रहने कन्फर्म भएको छ । सस्पेन्स थ्रिलर तथा एक्सन लभस्टोरीको आसपास फिल्म घुम्नेछ । उत्त चलचित्रको लगानी कर्तामा हिराल जोशी र अमित बस्नेत रहेका छन् ।

You might also like

Comments are closed.