चर्चित हास्यकलाकार विल्सन विक्रम राई (ताक्मे बुढा)सँग मिलेर कुल्फीवालाले म्युजिक भिडियो निकालेका छन् । ‘आयो कुल्फी आयो’ बोलको गीतमा विल्सन र मनकुमार राई दुबैको स्वर छ ।
‘आयो कुल्फी आयो’ बोलको गीत अहिले युटुवको १९ औं नम्बर ट्रेन्डिङमा परेको छ । अपलोड भएको दुई दिनमा भिडियोलाई करिब दुई लाखले हेरेका छन् । भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन् । युट्युवमा अन्तर्वार्ता आएपछि कुल्फीवाला उर्फ मनकुमार राई एकाएक चर्चामा आएका हुन् । हेर्नुस भिडियो;
Comments are closed.