Nepal's First Video FM

वरिष्ठ पत्रकार कूलदीप नैयरको निधन

805

भदौ ७, भारतका वरिष्ठ पत्रकार कूलदीप नैयरको निधन भएको छ । वामपन्थी राजनीतिक विश्लेषक, लेखक, मानवअधिकारकर्मी तथा स्तम्भकारसहित विभिन्न परिचय र भूमिकामा कार्यरत नैयरको ९५ वर्षको उमेरमा दिल्लीमा उपचारका क्रममा निधन भएको भारतीय संचार माध्यमहरूले जनाएका छन् ।

नैयर सन् १९९७ मा भारतीय संसदको उपल्लो सदनमा मनोनित भएका थिए । उनी १९९० मा बेलायतका लागि भारतका उच्चायुक्त समेत थिए । सन् १९२३ मा पञ्जाबमा जन्मिएका उनका एक दर्जन बढी पुस्तक प्रकाशित छन् ।

सन् १९८० को दशकमा प्रधानमन्त्री इन्दिरा गान्धी सरकारले लगाएको संकटकालको विरोध गरेबापत् उनलाई जेल हालिएको थियो ।

You might also like

Comments are closed.