Nepal's First Video FM

कञ्चनपुरमा प्रदर्शनले लियो उग्ररुप, प्रहरीको गोली लागेर ४ जना घाइते

802

भदौ ७, बालिका निर्मला पन्तका वास्तविक दोषीलाई पक्राउ गर्न माग गर्दै चार दिनदेखि कञ्चनपुरमा जारी प्रदर्शन बिहीबार झनै उग्र भएको छ ।

भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानबिनप्रति असन्तुष्टि जनाउँदै चर्किएको प्रदर्शनका क्रममा गोली चलेको हो ।

बिहीबार दिउसो जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको टोलीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको हो । प्रहरीको गोली लागेर ४ जना घाइते भएको जनाइएको छ ।

घाइते हुनेमा कञ्चनपुरको सुडाका तिर्थराज पनेरु, भिमदत्त नगरपालिकाका अर्जुन भण्डारी, कैलालीका सन्तोष कठरीया र कञ्चनपुरको भासिका तेज भटट् छन् । घाइते ४ जना मध्ये भट्टको अवस्था गम्भीर रहेको बताइएको छ ।

पन्तको बलात्कारमा संलग्न भएको भन्दै प्रहरीले दिलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । तर, स्थानीयले उनी मानसिक रोगी भएको र वास्तविक हत्याराको बचाउमा प्रहरीले गलत व्यक्तिलाई सार्वजनिक गरेको भन्दै आन्दोलन जारी राखेका छन् ।

स्थानीयले प्रहरी प्रशासन विरुद्ध नाराबाजी गर्दै पूर्वपश्चिम राजमार्गमको सडकमा ढुंगा थुपार्दै टायर बालेर सवारी आवगमन समेत ठप्प पारेका छन् ।

You might also like

Comments are closed.