स्टेजमै रोए दिपक न्यौपाने, अशोकका बुबादेखि ऋषि धमला, चर्चित हास्यकलाकार हरिवंशसँगै स्टेजमा नाचे (भिडियोसहित)
युटुबमा निकै भाइरल बनेका बाल गायक अशोक दर्जीको परिवार अहिले नयाँ घरमा सरेका छन् । झापा दमकका बाल गायक अशोक दर्जीका लागि सहयोग जुटाएर निर्माण गरिएको घर एक कार्यक्रमबीच चर्चित कलाकार हरिवंश आचार्यले सोमबार हस्तान्तरण गरेका हुन् ।
उदघाटन कार्यक्रममा बोल्दै कलाकार आचार्यले लुगा सिलाउने परम्परागत पेशामा गनिने दर्जी जातका अशोकको गायकीले जातीय विभेदलाई पनि पर हटाएर नेपालीहरुको मन सिलाएर जोडेको बताए ।
दमक चोकमा भएको उद्घाटन् समारोहमा दमक नगर प्रमुख रोमनाथ ओलीले अशोकको चर्चित गीत ‘धनविनाको मन ठूलोकी मन विनाको धन’ गाएर कार्यक्रमको शुभारम्भ गरे ।
चोकको औपचारिक सांगीतिक कार्यक्रमपछि फुलमालाले सजाइएको गाडीमा राखेर अशोकका बुबा, आमा, दिदी र वहिनीहरुलाई ठूलो संख्यामा स्थानीयको साथमा घर भित्रयाईएको थियो ।
दमक २ स्थित भालुखुँडीको कट्टेल टोलमा गायक तथा संगीतकार टंक बुढाथोकी र उर्लावारीका समाजसेवी पूर्ण वाइवाको अगुवाईमा सहयोग संकलन गरेर घर बनाइएको हो ।
घडेरी किनेर ४ कोठे इँटाको र टिनको छानो भएको घर समेत गरी निर्माणमा २८ लाख ८५ हजार रुपैयाँ खर्च भएको घर निर्माण समिति कोषाध्यक्ष डीजे रुपकले जानकारी दिए ।
कार्यक्रममा, कलाकार हरिवंश आचार्यका साथै चलचित्र निर्देशक सोभित वस्नेत, लोकगायक एलपी जोशी लगायतले विपन्न परिवारमा भएको प्रतिभाले ठूलो मन भएका नेपालीहरुका कारण सम्मान पाएको उल्लेख गरे ।
Comments are closed.