Nepal's First Video FM

‘दबंग’को तेस्रो सिरिज बन्ने पक्का, सलमानले गर्ने भए सोनाक्षीसँग रोमान्स

684

बलिउडका चर्चित अभिनेता सलमान खान स्टारर फिल्म ‘दबंग’को तेस्रो सिरिज बन्ने पक्का भएको छ । भारतिय मिडियाका अनुसार यो कुराको खुलासा नायिका सोनाक्षीले गरेकी हुन् ।

भोलीबाट प्रर्दशनमा आउने ‘ह्याप्पी फिर भाग जाएगी’ फिल्मको प्रमोसनमा क्रममा सोनाक्षीले ‘दबंग ३’को बारेमा खुलसा गर्दे यस्तो बताएकी हुन् । उनका अनुसार सलमानले ‘भारत’सँगै ‘दबंग ३’ को सुटिङ गर्ने सोच बनाएको र स्टार कास्ट समेत फाइनल भइसकेको छ ।

फिल्मको निर्देशन प्रभु देवाले गर्ने भएको पनि बताएको छ । फिल्ममा सोनाक्षीले नै सलमानसँग जोडी बाध्ने भएकी छन् । सुपर हिट ‘दबंग’ फ्रेन्चाइज अन्तर्गतको पहिलो फिल्म सन् २०१० मा रिलिज भएको थियो ।

जसलाई अभिनव कस्यपले निर्देशन गरेका थिए भने दोश्रो २०१२ मा रिलिज भएको थियो यस्को निर्देशन अरबाज खान ले गरेका थिए ।

You might also like

Comments are closed.