माघ २८, कास्की प्रहरी महानिरीक्षक प्रकाश अर्यालले ४ नम्बर प्रदेश प्रहरी कार्यालय पोखरास्थित कार्यालय परिसरमा नवनिर्मित कार्यालय भवनको आइतबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको छ । उक्त अवसरमा प्रहरी महानिरीक्षक अर्यालले उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई पुरष्कार वितरण तथा निर्देशन सम्बोधन गर्नुभयो ।
४ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कमलसिंह बमले धन्यवाद ज्ञापन गर्नुभएको सो कार्यक्रममा प्रहरी नायब महानिरीक्षक पुष्पचन्द्र रंजितले स्वागत मन्तव्य र भवन निमार्ण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
रुपन्देही : प्रहरी महानिरीक्षक प्रकाश अर्यालले सुनवलस्थित दंगा नियन्त्रण प्रहरी गण नवलपरासीको नवनिर्मित भवन तथा ब्यारेकको शनिबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको छ । उक्त अवसरमा प्रहरी महानिरीक्षक अर्यालले प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन समेत गर्नुभयो ।
कार्यक्रममा ५ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक मधुप्रसाद पुडासैनीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
Comments are closed.