भदौ १ गतेबाट देशभर प्रदर्शन आएको फिल्म ‘ब्ल्याक’ यतिबेला हलहरुमा लागिरहेको छ । प्रदिप श्रेष्ठको निर्देशन रहेको ‘ब्ल्याक’मा नायक आकाश श्रेष्ठ र नायिका आँचल शर्माको मुख्य भूमिका छ ।
निर्देशक प्रदिपले केही बर्षको अन्तरलापछि यो चलचित्र निर्देशन गरेका हुन । आश्मा पाण्डेको निर्माणमा तयार भएको यो चलचित्रमा नायक आयुष रिजाललाई खलपात्रको रुपमा देखाइएको छ ।
‘ब्ल्याक’लाई मौनता श्रेष्ठले लेखेका हुन । महेश खड्काको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, रामशरण उप्रेतीको छायाँकन रहेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका हुन ।
फिल्ममा आकाश र आँचलको केमिष्ट्री जमेको दर्शकहरूले प्रतिक्रिया दिन थालेका छन् । यतिबेला फिल्मले उत्साहजनक व्यापार गरिरहेको छ । पछिल्लो समय आँचलले पललाई छोडे आकाशसँग जोडी बाधेकी छिन् ।
Comments are closed.