Nepal's First Video FM

फिल्म “राम काहानी” को दोस्रो गीत “अॉए म तिम्रो छेउ” (भिडियो)

767

काठमाडौँ । अभिनेत्री तथा निर्मात्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठको अभिनय रहेको फिल्म “राम काहानी” को दोस्रो गीत सार्वजनिक गरेको छ । आजा मंगलाबार फिल्मको गीत “अॉए म तिम्रो छेउ” रिलीज भएको हो ।यस गीतमा सुगम पोख्रेल र अन्जु पन्तले स्वर दिएका छन् भने लिरिक्स र म्युजिक अर्जुन पोख्रेलको रहेको छ । फिल्मलाई पूजा शर्मा र सुदर्शन थापाले निर्माण गरेका हुन् । फिल्मको कथा सुदर्शन थापाको रहेको छ, भने निर्देशन पनि थापाको आफ्नै रहेको छ ।
फिल्ममा पूजा, आकाशको साथै केदार, जीतु, विल्सन बिक्रम राई, रबिन्द्र झा, राजाराम पौडेल, शिशिर राणा, विशाल पहारी, सुनिता श्रेष्ठ, सोवित बस्नेत लगाएत कलाकारहरुको मुख्य भुमिका रहेको छ । फिल्म भदौ २२ गतेबाट दर्शकमाझ रिलिजमा आउँदैछ ।

You might also like

Comments are closed.