भदौ ८, १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण बारे छानबिन गर्न गठित उच्च स्तरीय छानबिन टोलीले शुक्रबारदेखि काम शुरू गरेको छ ।
गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठित ५ सदस्यीय उच्च स्तरीय छानबिन टोलीले काम शुरू गरेको हो । समितिका संयोजक मैनालीले सरकाले दिएको काम, कर्तव्य र अधिकार (टीओआर) को आधारमा काम गर्ने जानकारी दिए ।
छानबिनको काम नसकिउनजेल टोलीले कञ्चनपुरमै बसेर काम गर्ने बताउँदै उहाँले सत्यतथ्य कुरा बाहिर ल्याएरै छोड्ने दाबी गरे । नागरिक समाज, आन्दोलनकारी, पीडित सबै पक्षसँग मिलेर छानबिनलाई तार्किक निष्कर्षमा पुर्याएरै छोड्ने टोलीको दावी छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की पन्तको बलात्कार तथा हत्या घटनाको विस्तृत अध्ययन तथा छानबिन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन म्यान्डेड दिइएको छ ।
Comments are closed.