Nepal's First Video FM

प्रकाण्डलाई ३ दिन थुनामा राख्न म्याद थप

586

भदौ ८, केही साता अघि पक्राउ परेका नेत्रविक्रम चन्द्र ‘विप्लव’ (नेकपा)का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई सर्वोच्च अदालतले विहीबार रिहा गर्ने आदेश दिएसँगै उनलाई पुनः पक्राउ गरि नुवाकोट पु¥याईएको छ ।

त्यहाँका प्रहरीले प्रवक्ता विश्वकर्मालाई सात दिनको म्याद थपको लागि माग गरेपनि नुवाकोट अदालतले ३ दिन थुनामा राख्न अनुमति दिएको छ । शुक्रबार जिल्ला अदालतले तीन दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको हो ।

प्रवक्ता विश्वकर्मालाई गत साउन ७ गते राति बेलकोटगढी नगरपालिका–९ भट्टथोकमा स्काभेटर जलाएको आरोपमा पक्राउ गरिएको थियो ।

You might also like

Comments are closed.