Nepal's First Video FM

बेपत्ताका परिवारलाई १० लाख क्षतिपूर्ति माग

445

प्रतिनिधसभाको आजको विशेष बैठकमा राजपाका अनिलकुमार झाले लालबकैया नदीमा डुङ्गा पल्टिएर बेपत्ता भएका परिवारलाई जनही रु. १० लाख क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको छ ।

रौतहट जिल्लामा पर्ने सो नदीमा शनिबार डुङ्गा पल्टिँदा ३५ जना डुबेका थिए । तीमध्ये तीन जना बेपत्ता छन् । लालबकैयामा अझैसम्म पुल निर्माण हुनसकेको छैन । सो शिलान्यास २०७० सालमा भइसकेको छ ।

त्यसैगरी नेकपाका भीमबहादुर रावलले कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकमा केही दिन पहिले निर्मला पन्तको बलात्कारपछि भएको हत्याको निन्दा गर्दै घटनाको उचित अनुसन्धान र छानबिन गरी हत्यारालाई कानूनको कठघरामा ल्याउनुपर्ने बताउनुभयो ।

You might also like

Comments are closed.