Nepal's First Video FM

बल्खुस्थित तरकारी बजारमा छापा : व्यापारी पक्राउपछि विरोध प्रदर्शन

975

भदौ ११, काठमाडौँको बल्खुस्थित तरकारी बजारमा उद्योग वाणिज्य तथा आपूर्ति विभागको टोलीले छापा मारेको छ । त्यसक्रममा सरकारी टोलीलाई व्यापारीहरुले अवरोधको प्रयास गरेपछि केहीबेर झडप समेत हुन पुगेको थियो ।

व्यापारीहरुले सरकारी टोलीमाथि अभद्र व्यवहार र नाराजुलुस गरेपछि त्यहाँका व्यापारी रवि साहलाई पक्राउ गरिएको आपूर्ति मन्त्रायलय स्रोतले जनायो । साहलाई पक्राउ गरेपछि व्यापारीहरुले बजार भित्र र बल्खु चोकमा निस्केर बिरोध प्रदर्शन गरेका छन् ।

अनुगमन टोलीका अनुसार बल्खु तरकारी बजार क्षेत्रका सञ्चालिन अधिकांश पसलहरु बिना दर्ता सञ्चालन गरेको पाइएको थियो भने ढक र तराजु पनि अवैध रहेको पाइएको थियो । व्यापारीहरुसँग पान नम्बर समेत नरहेको अनुगमन टोलीले जनाएको छ ।’

You might also like

Comments are closed.