Nepal's First Video FM

महोत्तरीमा घरबाटै चोरियो ८ महिने शिशु !

968

भदौ ११, महोत्तरी जिल्लाको औरही नगरपालिकाबाट ८ महिनाकी शिशु चोरी भएको छ । औहरी नगरपालिका–१ बस्ने सन्तोष चौधरीको ८ महिनाकी छोरी सोनाली कुमारी अाइतबार घरबाटै चाेरिएकी हुन् ।

एक अपरिचित व्यक्तिले बालिकाको बुबा चिन्छु भन्दै आइतबार साँझ ६ बजेतिर केहीबेर खेलाए जस्तो गरेर फरार भएको परिवारका सदस्यले बताएका छन् ।

इलाका प्रहरी कार्यालय, गौशालाका सई प्रदीप भगतले बालिका लिएर अज्ञात व्यक्ति फरार भएको पुष्टि गर्दै खबर पाएलगत्तै खोजी कार्य थालेको जानकारी दिए ।

केही शंकास्पदहरुलाई पहिचान गरेर घटनाको छानविन भइरहेको उनको भनाइ छ । बालिका अपहरणपछि परिवारमा रुवाबासी चलेको छ ।

You might also like

Comments are closed.