Nepal's First Video FM

बराबरीमा रोकियो बार्सिलोना

454

माघ २९, ला लिगा फुटबलमा बार्सिलोना यो सिजन पहिलो पटक गोल गर्न चुकेको छ ।

बार्सिलोनाले रक्षात्मक खेल खेलेको गेटाफेसाग गोलरहित बराबरी खेलेको छ । यससँगै उसको अग्रता ७ अंकमा झरेको छ भने अब एथ्लेटिको मडि्रडले पनि उपाधि जित्न सक्ने अनुमान गरिएको छ ।

नाउ क्याम्पमा भएको खेलमा, घरेलु टोलीका लिओनल मेस्सी र फिलिप काउटिन्होको प्रहार गेटाफेका गोलकिपरले रोकेका थिए । गेटाफेले पनि गोल गर्ने एउटा राम्रो अवसर गुमायो । बार्सिलोना अझै लिगमा अपराजित छ । तर, उसले लिगमा यो सिजन पहिलो पटक गोल गर्न सकेन । बराबरीपछि बार्सिलोनाको ५९ अंक भएको छ । दोस्रो स्थानको स्थ्लेटिकोको ५२ अंक छ ।

You might also like

Comments are closed.