Nepal's First Video FM

कञ्चनपुरमा साँझ ६ बजेदेखि मङ्गलबार बिहान ५ बजेसम्म कर्फ्यु

800

भदौ ११, कञ्चनपुरको भीमदत्तनगरमा सोमबार राति निषेधाज्ञा लगाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले भीमदत्त नगरपालिका–४, ६ र १८ वडाका विभिन्न स्थानमा आज (सोमबार) साँझ ६ बजेदेखि मङ्गलबार बिहान ५ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

यसअघि स्थानीय प्रशासनले आज मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म निषेधाज्ञा लगाउने सूचना जारी गरेको थियो । जिल्ला सुरक्षा समितिको केहीबेर अघि सम्पन्न बैठकले निषेधाज्ञाको समय हेरफेर गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जानकारी दिए ।

निषेधाज्ञाको समय परिवर्तनपछि अहिले महेन्द्रनगर बजार खुलेको छ । बजारमा चहलपहल बढेको छ । शैक्षिक संस्था भने सोमबार पनि बन्द छन् ।

भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार गरी हत्या गरेको घटनापछि यहाँको स्थिति असामान्य बनेको थियो । स्थानीय प्रशासनले गत शुक्रबारदेखि निषेधाज्ञा लगाउँदै आएको छ ।

You might also like

Comments are closed.