Nepal's First Video FM

महोत्तरीमा घरबाटै चोरी, ८ महिने शिशुको शव बगैंचामा भेटियो

1,060

भदौ ११, बगैंचामा एक शिशुको शव भेटिएको छ । आइतबार घरबाटै चोरी भएका महोत्तरीको औहरी नगरपालिका १ बस्ने सन्तोष चौधरीको ८ महिनाको छोरी सोनाली कुमारी नजिकैको एक बगैंचामा मृत अवस्थामा भेटिएकी हुन् ।

परिवारका सदस्यको अनुसार एक अपरिचित व्यक्तिले बालिकालाई आइतबार साँझ ६ बजेतिर केहीबेर खेलाएजस्तो गरेर फरार भएको थियो । शिशुको शरीरभरी नील डाम देखिएको इलाका प्रहरी कार्यालय गौशालाका सई प्रदीप भगतले बताए ।

घटनास्थलमा प्रहरी पुगिसकेको र घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौशालाका सई भगतले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

८ महिले शिशु मृत फेला परेपछि चौधरीको घरमा रुवाबासी चलेको छ । घटनाको विरोधमा र दोषी पहिचान गरी कारबाहीको माग गर्दै उद्योग वाणिज्य संघ औरही शाखाले औरही बजार बन्द गराएको छ ।

You might also like

Comments are closed.