विदेशी प्रेमि निक सगँको प्रेम सम्बन्धले मिडियामा अत्यन्त चर्चा पाएकी बलिउडकी चर्चित प्रेम जोडीले इन्गेजमेन्ट गरेपछिब लिउड मात्र नभइ हलिउड पनि गर्माएको छ । प्रियंका चोपडासँग इंगेजमेन्टपछि निक जोनस अमेरिका गएका थिए ।
फिल्म ‘द स्काइ इज पिंक’को सुटिङमा व्यस्त भएकी प्रियंका सुटिगं सकेर अमेरिका पुगेकी छन् । अमेरिका पुगेर प्रियंकाले निकको हात समातेको तस्विर सामाजिक संजालमा भाइरल भइरहेको छ ।
सगाइपछि प्रियंका निकसँग भेट्न पहिलोपटक अमेरिका पुगेकी हुन् । प्रियंका यसअघि पनि अमेरिका गएको भए पनि त्यतिबेला यी दुइको विवाहको घोषणा भएको थिएन ।
भारतिय मिडियाका अनुसार उनीहरु क्यालिफोर्नियाको मालिबु शहरमा मस्ती गरिरहेका छन् । भारत छाडेकी प्रियंकाले अब फिल्म कृष ४ मा अभिनय गर्ने भएकी छन् ।
Comments are closed.