माघ २९ , काठमाडौंसहित देशका विभिन्न भागकाे मौसम आज एक्कासी बदलिएको छ ।
मौसम पूर्वानुमान महाशाखाले काठमाडौंमा आज र भोलि घाम नगाल्ने र पहाडी क्षेत्रमा पानी पर्न सक्ने जानकारी दिएको छ । मंगलबार बेलुकातिर मात्रै माैसममा सुधार अाउने सम्भावना रहेकाे छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, पश्चिमी वायुको प्रभावले पहाडी क्षेत्रमा हल्का वर्षा हुने सम्भावना छ भने उच्च हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको छ ।
Comments are closed.