Nepal's First Video FM

बानेश्वर चोकमा अनुभव सेड्रीनाको बबाल डान्स, हेर्ने र झुम्नेको यस्तो घुईचो (भिडियोसहित)

1,611

भदौ ११, शुक्रबारबाट देशभर प्रदर्शनमा आएको नेपाली चलचित्र नाई नभन्नु ल ५ का बाल कलाकार सेड्रीना शर्मा र अनुभव रेग्मीको जोडी काठमाडौँको नयाँ बानेश्वरमा गाईजात्राको अवसरमा आयोजित एक कार्यक्रमका देखिएका छन् ।

उक्त उनीहरूले आफुहरुले अभिनय गरेको फिल्म हलहरुमा लागिरहेकोले फिल्म हेरिसक्नु भएकालाई धन्यवाद र नहेरेका दर्शकहरुलाई नजिकैको हलमा गएर फिल्म हेरिदिन आग्रह समेत गरेका थिए । गाईजात्राको विशेष अवसरमा काठमाडौँको नयाँ बानेश्वरस्थित आयोजित एक कार्यक्रम अनुभव र सेड्रीनाले धमधार नृत्य प्रस्तुत गरेका थिए ।

उनीहरुको सुन्दर नृत्यले सबै दर्शकको ध्यान ताने । अनुभव चलचित्र क्षेत्रकै पारिवारिक माहोलमा हुर्केका हुन् भने सेड्रीना फरक पृष्ठभूमिबाट आएकी कलाकार हुन् । सेड्रीनाका बुवा-आमा व्यवसायी हुन् ।

गाईजात्रामा एक वर्षभित्र दिवङ्गत आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिंगारी आ-आफ्नो इलाकामा परिक्रमा गराइने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा छ ।

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन जनतालाई ‘आ-आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएकामा यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यंग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिए अनुरूप जात्राको प्रचलन चलेको बताइन्छ ।

सोहीअनुरूप उपत्यकामा विभिन्न कार्यक्रमको आयोजना गरी धुमधाम गाईजात्रा मनाइएको छ । हेर्नुस भिडियो;

You might also like

Comments are closed.