भदौ ११, गाईजात्रा काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा धुमधामका साथ गाईजात्रा पर्व मानाइन्छ । नेपाली समाजको एक महत्त्वपूर्ण सांस्कृतिक पर्व हो ।
यो नेवार संस्कृतिबाट सुरू भएको जात्रा हो । नेपाली समाजमा गाईजात्रा व्यङ्ग्य गर्ने दिनको रूपमा समेत परिचित छ । गाईजात्रामा नेवार समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गरी टोलटोल घुम्ने गर्दछन् ।
यस दिन भजन कीर्तन पनि गरिन्छ । गाईजात्रा भाद्र शुक्ल प्रतिपदा अर्थात जनैपूर्णिमाको भोलिपल्ट पर्दछ । वर्ष दिनभित्र मरेका मान्छेको दिवंगत आफन्तको सम्झनामा मनाइने धार्मिक सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको गाईजात्रा पर्व नेवार समुदाय रहेका विभिन्न ठाउँमा मनाइने गरिन्छ ।
केहि वर्ष यता वानेश्वर चोकमा पनि गाईजात्रा मनाउन थालेको छ । बानेश्वर चोकमा बिभिन्न हास्यकलाकारहरु जम्मा भएर दर्शकलाई हसाउने काम गर्दै आएका छन ।
विभिन्न कलाकारहरु फिल्म प्रचारको लागि पनि जाने गर्दछन । त्यस्तै वानेश्वर गाईजात्रा रामकाहानीको प्रचार गर्न पूजा शर्मा, आकाश श्रेष्ठ, माग्ने बुढा र जितु नेपाल पुगेका थिए । पूजा र आकाशको डान्सले सबैलाई नचाए भने माग्ने र जितुको कमेडीले सबैलाई हँसाए ।
Comments are closed.