Nepal's First Video FM

भुटानका विशिष्ट पाहुना काठमाडौंमा

1,009

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार ल्योन्पो छिरिङ वाङचुक आज बिहान राजधानी आइपुग्नुभयो ।
उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्नुभयो । विशिष्ट पाहुना वाङचुकलाई नेपाली सेनाको एक टोलीले सम्मान गारतका साथ स्वागत गरेको थियो । उहाँलाई परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले पनि स्वागत गर्नुभएको थियो ।

You might also like

Comments are closed.