Nepal's First Video FM

श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेना काठमाडौंमा

588

भदौ १३, (बिमस्टेक) को चौथो बैठकमा सहभागी हुन श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेना काठमाडौं आइपुगेका छन् । बुधबार दिउँसो राष्ट्रपति मैत्रिपाला सिरिसेना काठमाडौं ओर्लिएका हुन् ।

सिरिसेनालाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । अहिले सिरिसेना सोल्टी होट तर्फ लागेका छन् । सम्मेलनमा भाग लिन यसअघि म्यान्मारका राष्ट्रपति र भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार काठमाडौं आइसकेका छन् ।

सम्मेलनकै दिन अर्थात बिहीबार बिहान तीन मुलुकका सरकार प्रमुख नेपाल आइपुग्नेछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र थाइल्याण्डका प्रधानमन्त्री प्रायुध चान ओ चा को अवतरणका क्रममा बिहान साढे २ घण्टा बिमानस्थलका नियमित उडान बन्द रहने छ ।

You might also like

Comments are closed.