एसिया कप छनोट क्रिकेट प्रतियोगितामा नेपाललार्इ दाेस्राे सफलता हासिल भएकाे छ । नेपालले १३.१ ओभरमा युएईका दोस्रो विकेट लिएको छ ।
नेपालका लागि सन्दीप लामिछानेले युएईका कप्तान रोहन मुस्तफालाई १ रनमा आउट गराउन सफल भएका हुन् । १४ ओभरको खेल चलिरहदा युएईको २ विकेटको क्षतिमा ७७ रन भएको छ ।
यसअघि भने नेपालका लागि बसन्त रेग्मीले पहिलो विकेट लिएका थिए । बसन्तले अश्फाक अहमदलाई ४५ रनमा एल्बिडब्लु आउट गराएका थिए ।
मलेसियाको राजधानी क्वालालम्पुरस्थित किनरारा एकेडेमी ओभलमा जारी खेल नेपालका लागि निकै महत्वपूर्ण रहेको छ । पहिलो खेलमा ओमानसँग ७ विकेटले पराजित भएको नेपाललार्इ आजको खेल जित्नै पर्ने दबाब छ ।
Comments are closed.