Nepal's First Video FM

‘रोज’ बाट प्रदिपलाई फाईदा या घाटा ?

814

नायक प्रदिप खड्का अभिनित चलचित्र ‘रोज’ यहि भदौ २२ गतेबाट अलनेपाल रिलिज हुदैछ । स्टाडम भएका कलाकारको चलचित्र रिलिज हुनु भन्दा पहिले जहिले पनि उनिहरुको चलचित्रलाई लिएर टिका-टिप्पणी हुने गर्दछ ।
अब चलचित्रले राम्रो बयापार नगरे कलाकारको स्टाडम कम भयो, करियर ओरालो लाग्यो, यस्ता बिभिन्न टिप्पणी कलाकार या स्टार भै सकेपछि खेप्नु पर्ने हुन्छ । यहि कुरा नायक प्रदिप खड्कामा पनि लागु हुन्छ ।
उनले ‘प्रेम गीत’ पछी जती पनि चलचित्रमा काम गरे ति सबै चलचित्रले हिटको नाम पाएका छन् यसै कारण ले पनि हुन सक्छ उनलाई लिएर निर्माता निर्देशक चलचित्र बनाउन आतुर देखिन्छन् । प्रदिपले लब स्टोरी चलचित्रमा आफ्नो छुट्टै पहिचान बनाएका छन् र सोहि लुकलाई दर्शकले मन पनि पराएका छन् ।तर प्रदिपले आफ्नो जनारा भन्दा फरक जानारामा अहिले चलचित्र गदैछन् किनकी चलचित्र रोजीमा उनलाई नायक नभएर खलनायकको रुपमा देखिने कुरा छ । उनले सबै जसो चलचित्रम नायिकालाई एकदमै माया गरेको नायिकाको लागी मरि मेटेको रुपमा देखिदै आएका थिए तर दर्शकको लागी यसपाली ‘रोज’मा प्रदिपले आफ्नी प्रेमिकालाई मारेको र एन्टीहीरोको भुमिकामा देखदै छन् । अब प्रदिपको यो अबतारलाई दर्शकले कतिको साथ र माया दिन्छनन् त त्यो भने हेर्न बाकि नै छ ।
नेपालमा थ्रिलर जानाराका चलचित्रले त्यति राम्रो ब्यापार गरेको पाईदैन् तर ‘रोज’ चलचित्र हेर्न प्रदिपक्रै कारणले गर्दा भएपनि हलसम्म दर्शक
आउनेमा चलचित्र युनिट भन्ने आशावादि छ ।
तर यदि हल सम्म दर्शक आएनन् र प्रदिपको नयाँ अबतारलाई दर्शकले मन पराएनन् भने प्रदिपलाई घाटा भने पक्का हुन्छ । एक त यहि भदौ २२ गते चलचित्र ‘रामकाहानी’ पनि रिलिज हुदैछ एक हिसाबले दर्शक पनि बाडिएका छन् अर्को कुरा जति चलचित्र ‘रोज’को पब्लीसिटी हुनु पर्ने हो त्यति पब्लिसिटी भने पक्कै छनै ।
एक त चलचित्र पहिलेबाटनै बिबादमा आएको थियो र निर्माण टिमले १ महिना अगाडिमात्र चलचित्रको अफिसियल रिलिज मिती तय गर्यो त्यसले गर्दा पनि दर्शक अलमलमा परेका छन् ।
तर यदि दर्शकलाई प्रदिपको नयाँ लुक मन पर्छ र चलचित्रले ब्यापार राम्रो गर्दछ भने प्रदिपको करियलाई सफलता र उनलाई भर्सटायल एक्टरको ट्याग पनि मिल्नेछ जसले गर्दा प्रदिपलाई रोमान्टीक चलचित्रमा मात्र होईन फरक चलचित्र पनि गर्ने सक्ने कलाकारको रुपमा स्थापित गराउने छ । तर जे जस्तो भएता पनि ‘रोज’बाट भने प्रदिपलाई घाटा भन्दा पनि बढि फाईदा नै पुग्ने छ ।

You might also like

Comments are closed.