एसिया कप छनोट अन्तर्गत आयोजक क्रिकेटमा नेपालले मलेसिया १९ रनले पराजित भएको छ । मलेसियाको बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३० ओभरमा ७ विकेट गुमाउँदै १८८ रन बनाएको थियो ।
नेपालले सुरुआती ५ विकेट सस्तैमा गुमाएको थियो । तर, दिपेन्द्र सिंह ऐरी र मोहम्मद आरिफ शेखले छैटौं विकेटका लागि १०१ रनको शतकीय साझेदारी गरेपछि नेपालको इनिङ उकासिएको थियो । नेपालले यसअघिका दुई खेलमा लगातार पराजय ब्यहोरेको थियो ।
Comments are closed.