Nepal's First Video FM

बुगीवुगी विजेता कविता नेपालीले खेलिन पल शाहसँग पहिलो म्युजिक भिडियो

684

एपी वान टेलिभिनजबाट प्रसारित नृत्यसम्बन्धी अन्तर्राष्ट्रिय स्तरको ‘डान्स रियालिटी सो बुगीवुगी’को बिजेता कविता नेपालीले चर्चित मोडल तथा नायक पल शाहसँग पहिलो म्युजिक भिडियो खेलेकी छन् ।

‘यहि त होला माया भनेको’ बोलको गीतमा पलसँग कविताको हट डान्स देख्न सकिन्छ । नेपाली गित संगीत क्षेत्रमा लामो समय सर्बप्रिय बन्न सफल सर्जक तथा गीतकार एकनारायण भण्डारीको शब्द, आशिष अविरलको संगीत रहेको उक्त गीतमा गायक राज लिम्बुले आवाज दिएका छन् ।

उक्त गीतलाई प्रदिप श्रेष्ठले एरेन्ज गरेका छन् भने प्रशान्त तामाङको कोरियोग्राफी छ । टेकेन्द्र शाहको निर्देशन रहेको छ । हेर्नुस सुटिङ् रिपोर्ट (भिडियो)

You might also like

Comments are closed.