बेला बेलामा चलचित्र बजार नै हल्लिने गरी नायिकाद्धय वर्षा राउत र वर्षा सिवाकोटीको चर्चा हुने गरेको छ । विशेष त एउटी वर्षाले छाडेको चलचित्रमा अभिनयका निम्ति सहमत हुनुले बेला बेला यि नायिकाहरुले चलचित्र बजार हल्लाउने गरेका छन् ।
यसै कारणले पनि उनीहरुको सम्बन्ध पानी बाराबारको अवस्थामा रहेको समाचारहरु आइरहेका छन् । तर दुवै वर्षाले आफूहरुको सबन्धमा समाचारमा आएको जस्तो नरहेको बताउँदै आएका छन् ।
पछिल्लो समय यि दुइ नायिकालाई एउटै चलचित्रमा हेर्न चाहने दर्शकहरुको लर्को लागेको छ । दर्शकहरुको त्यो चाहनालाई मध्यनजर गर्दै सञ्चारकर्मी प्रकाश सुवेदीले निर्देशन गर्न लागेको चलचित्र ‘बकम्फुसे राजा’मा दुवै वर्षालाई अफर गरिएको छ ।
यो चलचित्रको घोषणा केही दिन अगाडि मात्र गरिएको थियो । यता दुवै वर्षाहरुले आफूहरुको सम्बन्धमा कुनै खटपट नभएको र एकसाथ काम गर्न कुनै समस्या नरहने बताउँदै आएका छन् ।
यस चलचित्रमा नायकको भूमिकामा भने कलाकार खगेन्द्र लामिछानेले काम गर्न लागेको बताइएको छ । दुवै नायिकाले चलचित्र गर्न कुनै समस्या नभएको बताए पनि लिखित सम्झौता भने भइसकेको छैन । दुवै नायिकाका लागि चलचित्रमा आकर्षक भूमिका रहेको बुझिएको छ ।
लिखित सम्झौता हुन बाँकी भए पनि मौखिक रुपमा भने दुवैले सहमति जनाइसकेको निर्देशक प्रकाश सुवेदीले बताए । चलचित्रको घोषणा सभामा काम गर्ने पक्का भएकै कारण नायिका वर्षा राउत उपस्थित थिइन् । तर बर्षा सिवाकोटीको भने उपस्थिति थिएन ।
पछिल्लो समय वर्षा सिवाकोटीले त्यस चलचित्रमा अभिनय गर्न नभ्याउने जवाफ दिएको चर्चा समेत चलेको छ । तर निर्देशक सुवेदीले भने सिवाकोटीले त्यस्तो कुनै जवाफ नदिएको बताएका छन् ।
कमेडी जनरामा निर्माण हुन लागेको चलचित्रमा कुन वर्षाले काम गर्ने हुन्, कुन वर्षा आउट हुने हुन्, या त दुवै जना काम गर्न सहमत हुने हुन् यो भने लिखित सम्झौतापछि नै थाहा हुनेछ ।
Comments are closed.