भदौ १८, सल्यानमा पहिरोले घर पुरिदा ३ बालबालिका बेपत्ता भएका छन् । बागचौर नगरपालिका-१२ ओख्रेनी मुलखोलामा आएको पहिरोमा परी स्थानीय बलराम डाँगीका दुई छोरी एक छोरा वेपत्ता भएका हुन् ।
वेपत्ता हुनेहरुमा १० वर्षीया ललिता डाँगी, ७ वर्षीय ललित डाँगी र ४ वर्षीया मेनका डाँगी रहेको वडाध्यक्ष दीपक वलीले जानकारी दिए । खाना खाइरहेको समयमा एक्कासि पहिरो खस्दा घर पुरिएको थियो । बस्तुभाउ समेत पुरिएको वलीले बताए ।
डाँगी र उनकी श्रीमती दूध दुहुन गोठमा गएका बेला पहिरो खसेको थियो । रातको समय र भारी वर्षाका कारण उद्धार गर्न कठिनाइ भएको र बिहान स्थानीयको सहयोगमा उद्धारको तयारी भइरहेको छ ।
इलाका प्रहरी कार्यालय सिमखोली र इलाका प्रहरी कार्यालय थारमारेबाट प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
Comments are closed.