Nepal's First Video FM

संसदमा आज एकघन्टा मन्त्रीसँग सीधा प्रश्नोत्तर

770

भदौ १८, संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको बैठकमा सोमबार सांसदहरूले मन्त्रीसँग सीधा प्रश्न सोध्ने कार्यक्रम राखिएको छ । संसदको नियमावलीमा व्यवस्था भएबमोजिम संसद् बैठक सुरु भएपछि एकघन्टा मन्त्रीसँग प्रश्नोत्तर गर्ने कार्यक्रम हुनेछ ।

सोमबारको संसद् बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलसँग प्रश्नोत्तर गर्ने कार्यक्रम तय भएको संसद सचिवालयले जनाएको छ । मन्त्रीले जवाफ दिएपछि सांसद्ले पुरक प्रश्न सोध्नेछन् । एकदिनमा मौखिक २० वटा र लिखित ५० वटा सम्म प्रश्न सोध्न सकिने नियमावलीमा व्यवस्था छ ।

प्रतिनिधिसभामा २०४८ देखि २०५९ सम्म प्रश्नोत्तरको कार्यक्रम रहेको थियो। ‘एउटा अधिवेशनमा छ हजारसम्म प्रश्न सोधिने गरिन्थ्यो,’ संसद् सचिवालयका एक अधिकारीले भने। पुनस्र्थापित संसद्देखि संविधानसभासम्ममा प्रश्नोत्तर प्रयोगमा आएको थिएन । radionrn

You might also like

Comments are closed.