धमलाले फेरी रुवाए फेरी अर्की नायिका, अलग बसेका बाबुआमाको कुरा निकालेपछि पुजा अन्तर्वार्तामै रुँदै यसो भनिन् (भिडियो)
पछिल्लो समय चलचित्र क्षेत्रकी एक सफल नायिकाको रुपमा चिनिएकी छिन् नायिका पुजा शर्मा । उनी निर्देशक सुदर्शन थापासंग प्रेममा रहेको कुरा पनि गसीप बेलाबखतमा गसीप बनेर आउने गेको छ । उनी काम पनि सुदर्शनसँगै गर्छिन् ।
सुदर्शनसँगको सहकार्यमा गरेका सिनेमा मध्ये चलचित्र प्रेम गीतले दर्शकको साथ पायो । सिनेमाले करोडको ब्यापार गर्यो । प्रेमगीत पछि चलचित्रका निर्देशक र निर्माता एक-एक कलाकारलाई साथमा लिएर चलचित्र निर्माणमा लागेको छन् ।
चलचित्र निर्माता सन्तोष सेनले नायक प्रदिप खड्कालाई लिए भने नायिका पुजा र निर्देशक सुदर्शन थापाको पनि छुटटै टिम बन्यो । चलचित्र निमार्णको क्रममा झनै नजिकीए पछि यो जोडी प्रेममा पनि हो भन्ने प्रश्न सुदर्शन अनि पुजा दुवै जनालाई मिडियाकर्मीले सोध्न पनि बाँकी राखेनन् ।
झन निर्देशक सुदर्शनको जन्मदिनमा पुजाले दिएको जन्मदिनको सरप्राईज पार्टीले पनि उनीहरुको सम्बन्धमा शंका थपिएको थियो । यस्तो हल्ला भईरहँदा पुजाले भने आफू प्रेममा भएको तर चलचित्र क्षेत्रको व्यक्तिसंग नभएको स्पष्ट पारेकी छिन् ।
Comments are closed.