भदौ १९, भदौ १९, विहानैदेखि नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या देखिएको छ । टेलिकमको प्रि-पेड र पोस्टपेड दुवै मोबाइलमा मंगलबार बिहानैदेखि समस्या देखिएको हो । मोबाइलमा सम्पर्क नहुने समस्या आएपछि देशभरका लाखौं सेवाग्राही मर्कामा परेका छन् ।
मोबाइलको नेटवर्कमा खराबी आएपछि बिहानैदेखि नेपाल टेलिकमका देशभरका मोबाइल फोन अवरुद्ध छन् । यद्यपि, ल्यान्डलाइन भने पूर्ववत रुपमा सञ्चालन भइरहेको छ । नेपाल टेलिकमले मंगलबार बिहान ६ बजेदेखि प्रि-पेड र पोस्टपेड मोबाइलमा फोन नलाग्ने समस्या भएको जनाएको छ ।
मोबाइल नेटवर्कमा खराबी आए पनि त्यसको पहिचान हुन नसकेको उसको भनाइ छ । मोबाइल फोन अवरुद्ध भएसँगै प्राविधिकहरु खटिएकाले छिट्टै समस्या समाधान हुने जानकारी टेलिकमले दिएको छ ।
Comments are closed.