माघ २९, बुटवल । कर्तव्य ज्यान मुद्दामा अदालतबाट सर्वस्वसहित जन्म कैदको फैसला सुनाइएका एक फरार अपराधी २० वर्षपछि पक्राउ परेका छन् ।
रुपन्देही जिल्लाको साविक हर्नैया गाविस-२ हाल सियारी गाउँपालिका-३ की चन्द्रावती थारुलाई विसं २०५३ जेठमा कर्तव्य गरी मारेको अभियोग लागेको हो ।
रुपन्देही जिल्लाको साविक सिक्टहन गाविस-६ (हाल देवदह नपा-१२) बस्ने वर्ष ५० को राधेश्याम जैसवाल कलवारले भैरहवामा आफ्नो वास्तविक परिचय लुकाई बसोबास गरेको अवस्थामा प्रहरीले विशेष सुराकीको आधारमा शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनलाई सर्वोच्च अदालतले विसं २०६५ भदौ २३ मा भएको फैसलामा सर्वस्वसहित जन्मकैद सजाय सुनाएको थियो । रासस
Comments are closed.