भदौ १९, अन्ततः निजामती कर्मचारीको अवकाश उमेर हद ५८ कायम गरेर संघीय निजामती ऐनको मस्यौदा मन्त्रिपरिषदमा पठाइएको समाचार अाजकाे नेपाल समाचारपत्रमा छ ।
अर्थ, कानुन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका बीच भएको लामो छलफलपछि अवकाशको उमेर हद पुनः संशोधन गरिएको हो । ऐनको मस्यौदामा ५८ राखेर मन्त्रिपरिषदमा पठाइएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए ।
स्वास्थ्य सेवा अन्तर्गतका कर्मचारीको हकमा अनिवार्य अवकाशको उमेर ६० नै कायम गरिएको छ । संघीय मामिलाले तयार गरेको शुरुको मस्यौदामा ५८ राखिएको थियो । मन्त्रालयले सहमतिका लागि अर्थमा पठाउँदा अर्थले अवकाशको उमेर हद ६० वर्ष कायम गर्न सुझाव दिएको थियो ।
अर्थमन्त्री डा. युवराज खतिवडाको अध्यक्षतामा बसेको बैठकले सरकारमाथि थपिँदै गएको निवृत्ति भरणको बोझ, औसत आयुमा भएको वृद्धि, सबै तह र सेवामा देखिएको अवकाशित उमेरको विविधता, प्रदेश र स्थानीय तहको नयाँ संरचनामा अनुभवी कर्मचारीको आवश्यकता समेतलाई दृष्टिगत गरी अवकाशको उमेर हद ५८ बाट ६० वर्ष कायम गर्ने निर्णय गरेको थियो ।
यसलाई कानुन मन्त्रालयले ठाडै इन्कार गरेर पुनः ५८ कायम गरिएको छ ।
Comments are closed.