भदौ १९, अमेरिकी डलरसँगको तुलनामा नेपाली रुपैयाँ कमजोर हुने क्रम अझै थामिएको छैन । पछिल्ला केही दिनयता लगातार डलर बलियो बन्दै गइरहेको छ भने नेपाली रुपैयाँ कमजोर ।
यही क्रममा मंगलबार एक अमेरिकी डलरको सवनिमय दर १ सय १४ रुपैयाँ भन्दा माथि पुगेको छ । यसको अर्थ सर्वसाधारणले एक अमेरिकी डलर खरिद गर्न १ सय १४ रुपैयाँ २४ पैसा खर्चिनुपर्छ । यो हालसम्मकै उच्च हो ।
मंगलबारका लागि राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिद दर १ सय १३ रुपैयाँ ६४ पैसा तोकेको छ । यो सर्वसाधारणबाट बैंक वा मनी एक्सचेन्जरहरूले खरिद गर्ने दर हो ।
सोमबार यस्तो विनिमय दर १ सय १३ रुपैयाँ २९ पैसा थियो । नेरुको तुलनामा डलर निरन्तर बलियो बन्न थालेपछि त्यसबाट पर्न सक्ने असर बारे राष्ट्र बैंकले अध्ययन गर्ने भएको कान्तिपुर दैनिकमा खबर छ ।
Comments are closed, but trackbacks and pingbacks are open.