गायक दीपक महर्जनको स्वरमा रहेको गीत ‘मनकी उजेली’ युत्युबमार्फत सार्वजनिक गरिएको छ । उक्त सार्वजनिक गीतमा नारायण भण्डारी ‘जनकपुरी’को शब्द र सङ्गीत रहेको छ ।
भिडियोमा चर्चित नायिका प्रियंका कार्की, आयुष्मान देशराज जोशीसँगै बाल कलाकार अनुभव रेग्मीले अभिनय गरेका छन् । फिल्ममा अनुभव र प्रियंकालाई आमाछोराको भूमिका देखिरहेको थियो भने म्युजिक भिडियोमा प्रियंका र आयुष्मानका विचमा खलपात्र भएर फिचर्ड भएका छन् ।
गीतको भिडियोमा सुबोल थापाको कोरियोग्राफी रहेको छ भने बुद्ध थापाले छायाङ्कन गरेका छन् । विकास धमलाको सम्पादन रहेको गीतमा निकेश खड्काको निर्देशन रहेको छ । हेर्नुस भिडियो;
Comments are closed.