भदौ २०, मन्त्री हेरफेरको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल बीच छलफल भएको छ । संघीय मन्त्रीहरुको कामका आधारमा मन्त्रिपरिषद् पुनर्गठन गर्न लागिएको नेकपाले जनाएको छ ।
पछिल्लो समय सरकारले उल्लेख्य काम गर्न नसकेको भन्दै आलोचना बढ्दै गएको छ । अध्यक्षद्धय बीच सरकारको काम कारवाही प्रभावकारी बनाउने विषयमा समेत छलफल हुने बताइएको छ ।
यस्तै पार्टीका तल्लो तह एकीकरण तथा सरकारका विषयमा समेत दुई नेता बीच छलफल भएको प्रधानमन्त्रीको निजि सचिवालयले जानकारी दिएको छ । ओली र दाहाल बीच हिजो (मंगलबार) पनि छलफल भएको थियो ।
Comments are closed.