भदौ २०, नेपाल–चीनबीच पारवहन तथा व्यापार सम्झौताको ‘ट्रान्सपोर्ट ट्रान्जिट प्रोटोकल’लाई अन्तिम रुप दिन दुवै देशका अधिकारीको तेस्रो बैठक बुधबारदेखि काठमाडौंमा सुरु भएको छ ।
दुई दिनसम्म चल्ने बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशङ्कर सैजुले गर्दैछन् भने ९ सदस्यीय चिनियाँ पक्षको नेतृत्व त्यहाँको यातायात मन्त्रालय अन्तर्गतको यातायात विभाग महानिर्देशक वाङ शिपिङले गर्दैछन् ।
बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अतिरिक्त परराष्ट्र, अर्थ, भौतिक पूर्वाधार तथा यातायात, कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालका साथै व्यापार प्रवर्द्धन केन्द्र र नेपाल इन्टरमोडेल ट्रान्सपोर्टेशन बोर्डका उच्च अधिकारी सहभागी हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
Comments are closed.