Nepal's First Video FM

रोकिएन टिपर आतङ्क : धनुषामा लियो दुर्इ दाजुभाइको ज्यान

626

भदौ २०, टिपरको ठक्करबाट धनुषामा बुधबार दुई जनाको मृत्यु भएको छ । पुर्वपश्चिम राजमार्ग अन्र्तगत धनुषाको धारापानीमा मोटरसाइकलमा सवार दुईजना दाजु भाईलाई ठक्कर दिँदा उनिहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका ४ बस्ने २५ वर्षीय विकास राई र २३ वर्षीय सचिन्द्र राई रहेको प्रहरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना१प ६१८९ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको स५प ९०४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दिएको थियो ।

You might also like

Comments are closed.