Nepal's First Video FM

स्वयम्भुमा भेटियो पार्किङ गरेर राखिएको कारभित्र एक व्यक्तिकाे रहस्यमय शव

710

भदौ २१, स्वयम्भू हाइटमा पार्किङ गरेर राखिएकाे एउटा कारभित्र शव फेला परेको छ । कार भित्रबाट रगत बगिरहेको अवस्थामा गाडी फेला परेपछि स्थानीयले लगत्तै प्रहरीलाई खबर गरे । महानगरीय प्रहरी वृत स्वयम्भुबाट प्रहरी टोली खटियो ।

पार्किङमा राखिएकाे बा ८ च ७०२१ नम्बरको ‘स्विफ्ट कार’भित्र मृतककाे शव फेला परेको हो । प्रहरीका अनुसार मृतक काठमाडौँ नैकापका श्याम श्रेष्ठ रहेको खुलेको हाे । लास गन्हाएकाे हुँदा केही दिनअघि नै उनकाे मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुन्धानले देखाएको छ ।

शव भेटिएकाे कार श्रेष्ठ स्वयंकै रहेकाे समेत प्रहरीले जनाएकाे छ। उनी शेयर बजारका लगानीकर्ता रहेकाे समेत खुलेकाे छ ।

You might also like

Comments are closed.