Nepal's First Video FM

नेपाली राष्ट्रिय क्रिकेट टोली शुक्रबार स्वदेश फर्किंदै

992

भदौ २१, मलेसियामा भएको एशिया कप छनोट क्रिकेट प्रतियोगितामा सहभागिता जनाएको नेपाली रास्ट्रिय क्रिकेट टोली शुक्रबार स्वदेश फर्किने भएको छ । टोली शुक्रबार दिउँसो मालिन्डो एअरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने नेपाली टोलीका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए ।

नेपाली टोलीसँगै सन्दीप लामिछाने पनि स्वदेश फर्कने छन् । एशिया कपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपाली टोली चौथो स्थानमा रह्यो । राउण्ड रोविन लिगमा पाँच खेल खेलेको नेपालले दुई खेलमा जीत तथा तीन खेलमा हार बेहोरेको थियो ।

नेपालले आयोजक मलेसिया र सिङ्गापुरलाई पराजित गरेको थियो भने ओमन, संयुक्त अरब इमिरेट्स (युएइ) र हङकङसँग पराजित भएको थियो ।

You might also like

Comments are closed.