Nepal's First Video FM

भारत भ्रमणमा रहेका प्रचण्डले आजबाट राजनीतिक भेटवार्ता थाल्ने

392

भदौ २२, छिमेकी राष्ट्र भारत भ्रमणमा रहेका पुर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबारदेखि राजनीतिक भेटवार्ता सुरु गर्न लागेका छन् ।

भारत भ्रमणका लागि आफ्नो कुनै राजनीतिक एजेण्डा नरहेको दावी गरेका प्रचण्डले शुक्रबार भारतीय गृह मन्त्री राजनाथ सिंहसँग भेटवार्ता गर्नेछन् । बिहिबार भारत प्रस्थान गरेका उनले दिउसो साढे १२ बजेपछि सिंहलाई भेट्न लागेको प्रचण्डको निजि सचिवालयले जनाएको छ ।

उनले साँझ ६ः३० बजे भारतीय उद्योगी व्यवसायीसँगको अन्तरक्रियामा पनि सहभागीता जनाउने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भने प्रचण्डले भोली भेट्ने कार्यक्रम रहेको छ ।

उनिहरुबीच भोली साढे १२ बजेपछि प्रधानमन्त्री निवासमै भेटवार्ता हुने जनाइएको छ । भोली नै दिउँसो साढे १ बजे प्रचण्डको सम्मानमा भारतका विदेशमन्त्री सुष्मा स्वराजले दिवाभोज आयोजना गरेका छन् ।

बेलुका भने इन्डिया फाउन्डेसनद्वारा आयोजित विद्वत् समारोहलाई उनले सम्बोधन गर्नेछन् । प्रचण्डको सम्मानमा हिजो साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले रात्रिभोज आयोजना गरेका थिए ।

दिल्ली जानुअघि पत्रकारसँग कुरा गर्दै प्रचण्डले नेपाल र भारतबीच यसअघि भएका सम्झौता र सहमति कार्यान्वयनमा जोड दिने बताएका थिए । भारतबाट फर्किएको तीन दिनपछि उहाँ अर्को छिमेकी मुलुक चीनको भ्रमणमा जाने कार्यक्रम रहेको छ । उहाँ भारतबाट २४ गते फ्सर्कनेछन् ।

You might also like

Comments are closed.