Nepal's First Video FM

गोरखाबाट काठमाडौंका लागि उडेको हेलिकप्टर धादिङमा दुर्घटना

672

भदौ २३, गोरखाको सामागाउँबाट शनिबार बिहान काठमाडौंका लागि उडेको अल्टीच्यूट एयरको हेलिकप्टर धादिङ र नुवाकोटको सीमा स्थल मेघाङमा दुर्घटनामा परेको छ । ४ जना नेपाली र एक जापानी नागरिकसहित ५ जना यात्रु बोकेर काठमाडौंका लागि उडेको हेलिकप्टर दुर्घटनामा परेको हो ।

हेलिकप्टर दुर्घटनामा परेको तर विस्तृत विवरण आउन बाँकी रहेको धादिङ प्रहरी प्रमुख डम्बरबहादुर बिकले जानकारी दिए । अल्टीच्यूट एयरका अनुसार बिहान ८ बजेर ५ मिनेटपछि हेलिकप्टरको टावरसँगको सम्पर्क टुटेको थियो ।

हेलिकप्टर क्याप्टेन निश्चल बस्नेतले उडाएका थिए । काठमाडौं विमानस्थलका अनुसार सो हेलिकप्टर ८ बजेर १८ मिनेटमा काठमाडौं आइपुग्नुपर्ने समय थियो । विस्तृत विवरण आउन बाँकी छ ।

You might also like

Comments are closed.