Nepal's First Video FM

प्रधानसेनापति थापाले लिए सपथ, राष्ट्रपति भण्डारीद्धारा सेनापतिको दर्ज्यानी चिन्ह प्रदान

659

भदौ २४, प्रधानसेनापति पूर्णचन्द्र थापाले पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारीले आइतबार थापालाई सपथ गराउँदै र दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

थापाले साउन २४ देखि कायम मुकायम प्रधानसेनापतिका रूपमा नेपाली सेनाको नेतृत्व सम्हालेका थिए । प्रधानसेनापति राजेन्द्र क्षत्रीको कार्यकाल भदौ २४ मा सकिएपछि थापाले प्रधानसेनापतिको जिम्मेवारी पाएका हुन् ।

मन्त्रिपरिषदको बैठकले भदौ २५ गतेबाट लागु हुने गरी थापालाई प्रधानसेनापतिमा नियुक्तका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । भदौ १२ मा नै राष्ट्रपति भण्डारीले थापालाई प्रधानसेनापति नियुक्त गरेका थिए ।

२०३७ सालमा सैनिक शिक्षालय खरिपाटीबाट अधिकृत क्याडेट तालिममा उत्कृष्ट नतिजा हासिल गरेका थापाले गोरख बहादुर गणमा सहायक सेनानी दर्जामा नियुक्त भएर काम सुरु गरे ।

सेनामा मध्यमतहको कमाण्डरले गर्नुपर्ने स्टाफ कलेज नेपालबाटै गरेका थापाले भारतको दिल्लीबाट सन् २००९ मा नेशनल डिफेन्स कोर्स र मद्रास विश्वविद्यालयबाट ‘फिलोसोफी इन डिफेन्स एण्ड स्ट्रटेजिक स्ट्डीज’मा स्नातकोत्तर गरेका छन् ।

You might also like

Comments are closed.