भदौ २४, साफ च्याम्पियनशीपको उपाधिका लागि अभागी सावित हुँदै आएको नेपालले बंगलादेशको राजधानी ढाकामा जारी १० औं संस्करणलाई सुखद बनाउने संकेत दिएको छ ।
यसपटकको संस्करणमा सहभागी प्रशिक्षक र खेलाडीहरुले भने बिभिन्न व्यक्तिगत कीर्तिमानहरु बनाउँदै गर्दा उपाधिका समेत उठाएर मुलुककै लागि कीर्तिमान कोर्न खेलाडीहरु लालायित देखिएका छन् ।
साफ फुटबलमा नेपालका स्ट्राइकर बिमल घर्तीमगर, कप्तान विराज महर्जन र प्रशिक्षक बालगोपाल महर्जनले कीर्तिमान बनाएका छन् । प्रतियोगिताको सेमिफाईन खेल्नु अघिनै नेपालका तर्फबाट ४ गोल गर्ने खेलाडीको सूचीमा बिमल घर्तीमगरले रेकर्ड बनाएका छन् ।
बिमलले सन् २०१३ को साफमा पाकिस्तानविरुद्ध पहिलो गोल गरेका थिए । उनले सन् २०१५ मा भारतविरुद्ध गोल गर्दै संख्या दुई पु¥याए । बंगलादेशमा जारी साफमा दुई गोल गर्दै उनले कीर्तिमान कायम गरे । पहिलो खेलमा पाकिस्तानविरुद्ध पनि बिमलले गोल गरेका थिए । योसँगै साफमा उनको गोल संख्या ४ पुगेको छ ।
साफमा चार गोल गर्ने खेलाडीमा यस अघि हरि खड्का, अनिल गुरुङ र जुमानु राईको नाम छ । तर विमलको साफमा सवार्धिक गोल गर्ने मौका अझै पनि बाँकी नै छ । नेपालले सेमिफाईनलमा जित निकाल्दै फाईनल खेले विमलको सामु साफमा धेरै गोल गर्ने खेलाडी बन्ने मौका थपिनेछ ।
जारी साफ च्याम्पियनशीपमा नै नेपालका कप्तान विराज महर्जनका लागि पनि निकै पृथक बनेको छ उनले पनि समुह चरणको खेलमा नै केहि कीर्तिमान बनाउन भ्याएका छन् । नेपाली राष्ट्रिय फुटबल टिमका बिराज महर्जन नेपाली फुटबलको इतिहासमै सबैभन्दा धेरै क्याप जित्ने खेलाडी बनेका छन् ।
जारी साफ च्याम्पियनशीपको समूह चरण अन्तर्गत भूटानबिरुद्धको दोस्रो खेलमा सब्सिच्युड खेलाडीको रुपमा विराज मैदान प्रवेश गरेसँगै उनले पूर्व कप्तान राजुकाजी शाक्यको ६८ खेलको कीर्तिमान तोडेका हुन् ।
२८ वर्षीय जिराज सन् २००८ मा पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा राष्ट्रिय टिममा डेब्यु गरेका थिए । पाकिस्तान विरुद्धकै खेलमा उनले नेपालबाट सर्वािधक अन्तर्राष्ट्रिय क्याप जित्ने खेलाडीको कीर्तिमान बराबरी गरेका हुन् भने विराजको खेल जीवन अझै लामो समय पक्का खेल्नेछन् ।
जारी साफमा खेलाडीको मात्र नभई प्रशिक्षकको निम्ति पनि विशेष बनिरहेको छ । नेपाली राष्टिय टिमका प्रशिक्षक बाल गोपाल महर्जन साफ च्याम्पियनशीपको इतिहासममा नेपाललाई सेमिफाइनल पु¥याउने पहिलो नेपाली प्रशिक्षक बनेका छन् ।
यसअघि तीन पटक नेपालले सेमिफाइनल यात्रा तय गर्दा तीनै पटक विदेशी प्रशिक्षक रहेका थिए । आयोजक बंगलादेशलाई २–० ले हराएपछि नेपाल गोलअन्तरका आधारमा समूह विजेताका रुपमा अन्तिम चारमा पुगेको हो । news24बाट
Comments are closed.